२०८३, आश्विन २३ गते

images

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत

बिहिवार, जेठ १५ २०८२०३:०८
बिहिवार, जेठ १५ २०८२०३:०८
  • images

    काठमाडौँ । मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको हो ।

    उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अन्तिम तयारीमा छन् ।

    दुबै सदनको संयुक्त बैठकमा संघीय सरकारका अर्थमन्त्रीले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्ने संविधानमा व्यवस्था छ । यसरी बजेट पेश गर्नुअघि मन्त्रिपरिषद बैठकले बजेट स्वीकृत गर्नुपर्छ ।

    अर्थमन्त्री पौडेल आगामी आर्थिक वर्षको बजेट ब्रिफकेससहित मन्त्रिपरिषद बैठकमा भाग लिन गएका थिए । सरकारले दुबै सदनको संयुक्त बैठकमा बजेट पेश गर्दैछ । अर्थमन्त्री पौडेलले करिब २० खर्ब रुपैयाँको बजेट पेश गर्न लागेका छन् ।

    सभामुख देवराज घिमिरेले बिहीबार साँझ ५ बजे बस्ने संयुक्त बैठक ५ बजे बस्नेछ । उक्त बैठकमा अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend