२०८३, आश्विन २३ गते

images
  • समाचार
  • अब करारका कर्मचारी र शिक्षक पनि...

अब करारका कर्मचारी र शिक्षक पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुने

अब करारका कर्मचारी र शिक्षक पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुने

सीएनएन खबर
बिहिवार, जेठ १५ २०८२०८:०७
सीएनएन खबर
बिहिवार, जेठ १५ २०८२०८:०७
  • images

    काठमाडौँ । सरकारले करार सेवाका सरकारी कर्मचारी र अस्थायी तथा राहत शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने घोषणा गरेको छ ।

    संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो ।

    अर्थमन्त्री पौडेलका अनुसार स्वीकृत दरबन्दी भित्र करार सेवामा रहेका कर्मचारी र अस्थायी तथा राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराइने भएको छ ।

    यसका लागि रोजगारदाता र योगदानकर्ताबाट १० प्रतिशत योगदानसहितको छुट्टै प्याकेज बनाएर कार्यान्वयन गरिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend