२०८३, आश्विन २३ गते

images

अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकमा यातायात सञ्चालनमा

अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकमा यातायात सञ्चालनमा

शुक्रवार, जेठ १६ २०८२०१:०५
शुक्रवार, जेठ १६ २०८२०१:०५
  • images

    काठमाडौं । बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकमा यातायात सञ्चालनमा आएको छ । डाइभर्सन क्षति भएका ठाउँमा ह्युम पाइप राखेर यातायात सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

    वर्षासँगैको बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक शुक्रबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो । दुम्कीबास र चोरमाराको बाढीले डाइभर्सन बगाएको थियो भने पूर्वबाट पश्चितमतर्फ आउने दाउन्नेको ओरालोस्थित खुर्साने खोलामा पनि बाढीले सडकमा क्षति पुर्‍याएको थियो ।

    सडक अवरुद्ध भएपछि दाउन्ने, दुम्कीबास र अरुणखोलाका विभिन्न ठाउँमा सवारी साधन बाटोमै रोकिएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend