२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् चल्न...

गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने रास्वपाको निर्णय

गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने रास्वपाको निर्णय

सोमवार, जेठ १९ २०८२११:०१
सोमवार, जेठ १९ २०८२११:०१
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले मार्गप्रशस्त गर्नुपर्ने निर्णय दोहोर्‍याएको छ ।

    पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकले उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान राख्दै संसद् अवरुद्ध गरिराख्ने चेतावनी दिएको छ ।


    गृहमन्त्री लेखकमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नभई सरकारको अभिभावकको रूपमा प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । भिजिट भिसा प्रकरणमा रास्वपा कुनै एक व्यक्तिको पछि लागेको नभई समग्र बेतिथिलाई अन्त्य गर्नुपर्छ भन्नेमा जोड रहेको उनले बताए ।

    सोमबार नै बसेको रास्वपा सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा सदनमा शसक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको थियो । सचिवालय बैठकले पार्टीको स्थापना दिवस मनाउनका लागि विभिन्न कमिटी गठन गरिएको कार्यबाहक प्रवक्ता झाले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend