२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • ११ बजे भनिएको प्रतिनिधिसभा बैठक अझै...

११ बजे भनिएको प्रतिनिधिसभा बैठक अझै बस्न सकेन

११ बजे भनिएको प्रतिनिधिसभा बैठक अझै बस्न सकेन

बुधवार, जेठ २१ २०८२०२:३८
बुधवार, जेठ २१ २०८२०२:३८
  • images

    काठमाडौँ । प्रतिनिधिसभाको आज बैठक अहिलेसम्म पनि बस्न सकिरहेको छैन । आज दिउँसो १ बजे बस्नेगरी कार्यसूची तयार भए पनि अहिलेसम्म बैठक सुरु हुन सकेको छैन । 

    भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रतिपक्षी दलले संसद् अवरोध गराउँदै आएका छन् ।

    सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेसँगै मङ्गलबार पनि बैठक अवरुद्ध भएको थियो । 

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नजुटेकाले संसद् चल्न ढिला भइरहेको बताए ।

    प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने विपक्षी दलहरूको माग रहेको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend