२०८३, आश्विन २३ गते

images

भारतबाट फर्किएका तीन जनामा कोरोना सङ्क्रमण

भारतबाट फर्किएका तीन जनामा कोरोना सङ्क्रमण

बुधवार, जेठ २१ २०८२१०:०३
बुधवार, जेठ २१ २०८२१०:०३
  • images

    काठमाडौं । भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई पुरूष र एक महिलामा कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

    कञ्चनपुरको पुनर्वासका २० वर्षीय युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनले भने, ‘भारतको विभिन्न सहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शङ्कास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएको छ । कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छौँ।’

    कोभिड पुष्टि भएका सबैको पीसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिए। उनले भने, ‘कोभिड पुष्टि भएका तीनैजनाको स्याम्पल काठमाडौँ पठाएका छौं। काठमाडौँमा पिसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ।’

    भारत तथा अन्य छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को सङ्क्रमण देखा परिरहेकाले नेपालमा पनि यसको सङ्क्रमण र महामारी निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै सीमानाकामा सतर्कता अपनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend