२०८३, आश्विन २३ गते

images
  • समाचार
  • आजको मौसमः यी प्रदेशमा चट्याङसहित वर्षाको...

आजको मौसमः यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसमः यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

बिहिवार, जेठ २२ २०८२०६:४९
बिहिवार, जेठ २२ २०८२०६:४९
  • images

    काठमाडौँ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशलगायत बागमती,  गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका  ‍एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। 

    कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend