२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • पतञ्जली जग्गा प्रकरण: ९३ जना प्रतिवादी,...

पतञ्जली जग्गा प्रकरण: ९३ जना प्रतिवादी, माधव नेपालविरुद्ध साढे १८ करोड बिगो दाबी[पूर्णपाठ]

पतञ्जली जग्गा प्रकरण: ९३ जना प्रतिवादी, माधव नेपालविरुद्ध साढे १८ करोड बिगो दाबी[पूर्णपाठ]

बिहिवार, जेठ २२ २०८२०२:३०
बिहिवार, जेठ २२ २०८२०२:३०
  • images

    काठमाडौं । काभ्रेको बनेपास्थित पतञ्जली योगपीठ तथा आयूर्वेद कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद प्रकरणबारे ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाइएको छ । ०६६ सालमा नेपाल प्रधानमन्त्री भएको बखतमा पतञ्जलीका नाममा हदबन्दीभन्दा बढी जग्गा साटफेर गर्न दिने निर्णय भएको थियो ।

    अख्तियारले नेपालसहित तत्कालीन भुमीसुधारमन्त्री, भुमीसुधार सचिव, मुख्यसचिवसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक रहेको अख्तियारले जनाएको छ ।

    मन्त्रिपरिषद्को निर्णयविरुद्ध यो नै पहिलोपटक मुद्दा दायर भएको हो । साथै अहिलेसम्म कुनै पनि पूर्वप्रधानमन्त्रीविरुद्ध मुद्दा दायर नभएकोमा अख्तियारले पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध मुद्दा दायर गरेको हो ।

    ‘भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा १७ ले निर्देश गरे बमोजिम बिगो रु. १८,५८,५०,०००० कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधनसहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुने र साथै सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुन मागदाबी दिइएको छ ,’ आरोपपत्रमा भनिएको छ ।

    हेर्नुहोस् पूर्णपाठ :

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend