काठमाडौँ । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । बैठक सुरू हुनासाथ विपक्षी दलका नेताहरु उठेर विरोध जनाए ।
सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा प्रवेश गर्न लागेको सूचना सुनाएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका हुन्।
उनले दलीय आधारमा बोल्न दिने बताए पनि नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा एकीकृत समाजवादीका सांसदले उठेर विरोध जनाएका हुन्।

