२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै,...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रमुख प्रतिपक्षले के गर्ला ?

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रमुख प्रतिपक्षले के गर्ला ?

शुक्रवार, जेठ २३ २०८२०६:२५
शुक्रवार, जेठ २३ २०८२०६:२५
  • images

    काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ ।

    आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

    यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।

    यस्तै, राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने छ । सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ ।

    केही दिनदेखि प्रमुख प्रतिपक्ष दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संग्लनता रहेको भन्दै विपक्षी दलले उनको राजीनामा नआउँदासम्म संसद अवरुद्ध गर्ने बताउँदै आएका छन् । बिहीबार पनि विपक्षी दलको अवरोधका कारण सभाखुमले शुक्रबार १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend