२०८३, आश्विन २३ गते

images
  • समाचार
  • बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ पूर्णरूपमा...

बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध

बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध

सीएनएन खबर
शुक्रवार, जेठ २३ २०८२११:०६
सीएनएन खबर
शुक्रवार, जेठ २३ २०८२११:०६
  • images

    काठमाडौं । हेटौँडा–काठमाडौँलाई जोड्ने कान्ति लोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमाना बगुवास्थित बागमती खोलामा निर्माण गरिएको डाइभर्सन मार्ग बाढीले बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

    बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार बुधबारदेखि डाइभर्सनमार्फत सडक सञ्चालनमा ल्याइएको भए पनि बिहीबार बिहानको वर्षासँगै बागमती खोलाको बहाव तीव्र भई डाइभर्सनमा प्रयोग गरिएका ह्युम पाइपहरू बगाएका हुन्। त्यसपछि बाटो पूर्ण रूपमा बन्द भएको हो।

    गत वर्ष असोजको दोस्रो साता आएको भीषण बाढीले सो स्थानको स्थायी पुलको पहुँच मार्ग बगाएपछि वैकल्पिक रूपमा ह्युम पाइप प्रयोग गरी डाइभर्सन बाटो निर्माण गरिएको थियो। तर समय९समयमा खोलामा आउने बाढीले उक्त अस्थायी संरचनालाई क्षति पुर्‍याउने गरेको छ।

    यसैबीच, सोही स्थानमा बेलीब्रिज ९अस्थायी फलामे पुल० जडानको काम पनि तीव्र रूपमा अगाडि बढाइएको छ। पुल जडानकै क्रममा बुधबारदेखि शनिबारसम्म चार दिनका लागि कान्ति लोकपथ बन्द गर्ने निर्णय गरिएको थियो। तर, सवारी आवागमनलाई अस्थायी रूपमा सुचारु राख्न ह्युम पाइप प्रयोग गरिएको थियो।

    तर पछिल्लो वर्षाको कारणले ह्युम पाइप पुनः बगाएपछि सम्पूर्ण सडक पुनः बन्द भएको हो। बेलीब्रिज निर्माण पूरा नहुँदासम्म नियमित आवागमनमा समस्या हुन सक्ने स्थानीय प्रशासनले जनाएको छ।

    यातायात अवरुद्ध भएपछि यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। साथै, बेलीब्रिज जडान कार्य छिटो सम्पन्न गर्न निर्माण पक्षलाई दबाब दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend