२०८३, आश्विन २३ गते

images

अमेरिकाबाट ठूलो संख्यामा नेपाली डिपोर्ट

अमेरिकाबाट ठूलो संख्यामा नेपाली डिपोर्ट

आइतवार, जेठ २५ २०८२११:०४
आइतवार, जेठ २५ २०८२११:०४
  • images

    काठमाडौं । अमेरिकी सरकारले अवैध रूपमा बसोबास गरिरहेका ठूलो संख्या नेपालीलाई निष्कासन (डिपोर्ट) गरेको छ। अमेरिकी चार्टर्ड विमानमार्फत फिर्ता पठाइएका उनीहरू आज (आइतबार) अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन्। यो अमेरिकाबाट एकैपटकमा डिपोर्ट गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो नेपाली समूह हो।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि कडा आप्रवासन नीति लिएसँगै अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ह्वात्तै बढेको छ।

    अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्रै १४० जना नेपाली डिपोर्ट भइसकेका छन्। जसमा जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना थिए।

    यो संख्या विगतका वर्षहरूको तुलनामा निकै बढी हो। विभागको तथ्यांकअनुसार सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। डिपोर्ट हुनेहरूमा अधिकांश दलाललाई मोटो रकम बुझाएर अवैध मार्ग हुँदै अमेरिका प्रवेश गर्नेहरू रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend