२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सदन खुलाउन सत्तापक्ष-विपक्षीबीच सहमतिको लिखित प्रस्ताव...

सदन खुलाउन सत्तापक्ष-विपक्षीबीच सहमतिको लिखित प्रस्ताव तयार गरिँदै

सदन खुलाउन सत्तापक्ष-विपक्षीबीच सहमतिको लिखित प्रस्ताव तयार गरिँदै

सीएनएन खबर
आइतवार, जेठ २५ २०८२०५:०१
सीएनएन खबर
आइतवार, जेठ २५ २०८२०५:०१
  • images

    काठमाडौं । प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सत्तारुढ दल र विपक्षी दलले सहमतिका लागि लिखित प्रस्ताव तयार पारिरहेका छन्।  केहीबेरअघि नेपाली कांग्रेस र विपक्षी दलका नेताबीच भएको छलफलपछि सहमतिको लागि पत्र तयार बनाउन लागिएको नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। 

    'हामी छलफलमै छौँ। लिखित प्रस्ताव गर्ने भनेर ड्राफ्ट गर्दैछौँ' उनले भने। अध्यागमनको संरचनागत, नीतिगत र कानुनी सुधारका लागि छानबिन तथा अध्ययनका लागि समिति बनाउने प्रस्तावबारे कांग्रेस र विपक्षी दलबीच छलफल भएको हो।

     
    'हाउस सञ्चालनका लागि सहमति पत्र बनाउने भनेर काम भइरहेको छ। त्यसमा अध्यागमनको संरचनागत, नीतिगत र कानुनी सुधान  गर्न अध्ययन तथा छानबिन समिति बनाउनुपर्छ भनेका छौँ विपक्षीले,' उनले भने, 'सरकारले छानबिन र अध्ययन गर्न प्रतिबद्ध छौँ भनेको भएर लिखित सहमति तथा डेट लाइन बनाउने कुरा भइरहेको छ। छानबिनका लागि कांग्रेस तयार भएको छ। कांग्रेस-एमालेबीच कुराकानी भइरहेको भनिएको छ।'

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend