काठमाडौं । अमेरिकाले अध्यागमन कानुन उल्लंघन गरेको भन्दै ३७ नेपाली (३२ पुरुष, ५ महिला) डिपोर्ट गरेको छ । उनीहरू चार्टर्ड फ्लाइटमा काठमाडौं फर्किएका हुन् । उनीहरु कोही बोल्न चाहेनन् ।
केही रित्तो हात, केही बोरा बोकेर फर्किएका छन् । फिर्ता हुनेमध्ये अधिकांश ‘डंकी रुट’ प्रयोग गरी अमेरिका प्रवेश गरेकाहरू रहेको अध्यागमनका अधिकारीहरूले बताएका छन् ।
विमानस्थलमा छाडिएका उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जिम्मा लिएको छ । ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले डिपोर्टपछि नेपाल आएकालाई अभियुक्तभन्दा पनि पीडितको हैसियतले सोधपुछ हुने बताए ।

