२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • विदेश भ्रमणमा रहेका गृहसचिवलाई सात दिने...

विदेश भ्रमणमा रहेका गृहसचिवलाई सात दिने स्पष्टीकरण

विदेश भ्रमणमा रहेका गृहसचिवलाई सात दिने स्पष्टीकरण

सोमवार, जेठ २६ २०८२०२:५२
सोमवार, जेठ २६ २०८२०२:५२
  • images

    काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सात दिने स्पष्टीकरण सोधेएको छ । गृहमन्त्री रमेश लेखकले विश्वास गरेका सचिव दुवाडीलाई प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण सोध्नु अर्थपूर्ण मानिन्छ । दुवाडी भिजिट भिसामा विदेश जाने नेपालीहरुबाट त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयबाट हुँदै आएको अशुलमा समेत कनेक्सन जोडिएको आरोप लाग्ने गरेको छ ।

    प्रधानमन्त्री कार्यालयले अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी पठाएको भन्दै स्पष्टीकरण सोधिएको हो । हाल विदेश भ्रमणमा रहेको मौका छोडेर उनलाई स्पष्टीकरण सोधिएबाट गृहमन्त्री लेखक थप नैतिक संकटमा पर्ने देखिएको छ ।

    प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द कार्कीले दुवाडीलाई स्पष्टीकरण सोध्दै दरबन्दीभन्दा बढी कर्मचारी खटाउनुको कारण माग गरेका छन् । उनले त्यसको विवरण उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।

    गृह मन्त्रालयअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखिएको र दरबन्दी नभएका स्थानमा काजमा कर्मचारी खटाइएको तथ्य बाहिर आएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend