२०८३, आश्विन २३ गते

images
  • समाचार
  • १० महिनामा नेपालीले विदेश लगे १...

१० महिनामा नेपालीले विदेश लगे १ खर्ब ५६ अर्ब, नेपाल भित्रियो ७५ अर्ब मात्रै

१० महिनामा नेपालीले विदेश लगे १ खर्ब ५६ अर्ब, नेपाल भित्रियो ७५ अर्ब मात्रै

मंगलवार, जेठ २७ २०८२१२:११
मंगलवार, जेठ २७ २०८२१२:११
  • images

    काठमाडौँ । नेपालले चालू आर्थिक वर्षको १० महिनामा विदेशी पर्यटक भित्रिँदा ७५ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ६९ अर्ब ७३ करोड रहेको आम्दानी ८.६ प्रतिशतले वृद्धि भई पौने ७६ करोड रुपैयाँ पुगेको हो। 

    समीक्षा अवधिमा सेवा खाताअन्तर्गत नेपाली विदेश भम्रणमा जाँदा १७.९ प्रतिशतले वृद्धि भई १ खर्ब ८५ अर्ब ३ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय १ खर्ब १२ अर्ब ४४ करोड रहेको छ।

    अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ५६ अर्ब ९५ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४ अर्ब २५ करोड रहेको थियो। 

    वैशाखसम्म खुद सेवा आय ८६ अर्ब ५३ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५० अर्ब ३१ करोडले घाटामा थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend