२०८३, आश्विन २१ गते

images

भारी वर्षासँगै कञ्चनपुरमा ‘उच्च सतर्कता'

भारी वर्षासँगै कञ्चनपुरमा ‘उच्च सतर्कता'

सोमवार, आषाढ १६ २०८२१२:१५
सोमवार, आषाढ १६ २०८२१२:१५
  • images

    काठमाडौँ । कञ्चनपुर जिल्लाको अधिकांश स्थानमा भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । वर्षाका कारण सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू-भागमा बाढीको जोखिम रहेको महाशाखाले बताएको हो ।

    महाशाखाले सोमबार बिहान ११:५० बजे एक सूचना जारी गर्दै मंगलबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न तथा जान अनुरोध गरेको छ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ।

    Mausam Alart graph.jpg
    undefined

    हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका तराईका भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी प्रदेश, कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend