२०८३, आश्विन २१ गते

images

तीन दिनपछि सम्पर्कमा आए थबाङका प्रशासकीय अधिकृत सहित ७ जना

तीन दिनपछि सम्पर्कमा आए थबाङका प्रशासकीय अधिकृत सहित ७ जना

बिहिवार, आषाढ २६ २०८२०७:०८
बिहिवार, आषाढ २६ २०८२०७:०८
  • images

    काठमाडौँ । रोल्पाको थबाङ गाउँपालिकाका सात कर्मचारी सम्पर्कमा आएका छन् । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार उनीहरू सबै सम्पर्कमा आएका छन् । 

    “मैले हिजो राति १० बजेतिर सम्पर्क गर्दा प्रमुख प्रशासकीय अधिकृतसँग कुरा भएको थियो,” प्रमुख जिल्ला अधिकारी दाहालले भने, “सकुशल छौँ, लिवाङ आउँदैछौँ भन्नु भएको छ । बिहान पनि सम्पर्क भएको छ । हामी काम सकेर फर्किंदै छौँ भन्नुभएको छ ।” 

    नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका उनीहरू सम्पर्कविहीन भएको भन्दै थबाङ गाउँपालिकाले विज्ञप्ति जारी गर्दै जानकारी दिएको थियो ।  

    प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, हरिश माझी (सहायक प्रशासन पाँचौँ), यज्ञप्रसाद कँडेल (सह–लेखापाल), चन्द्रप्रकाश ओली (सब–इन्जिनियर) छन् । निशा आचार्य (सब–इन्जिनियर), शिवकुमार वली (खा.पा.स.टे), प्रदीप केसी (सवारी चालक) सम्पर्कविहीन भएका थिए । 

    ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि कार्यालयको सम्पर्कमा नआएको पालिकाले जनाएको थियो । उनीहरूको खोजी गर्दा रुकुम पूर्वमा नभेटिएको र कार्यालयको तर्फबाट समपर्क गर्दा पनि सबैको मोबाइल स्वीच्ड अफ रहेको पालिकाले जनाएको छ ।

    उनीहरू सबैलाई यथाशिघ्र चाँडो सम्पर्कमा आउन भन्दै पालिकाले सूचना नै जारी गरेको हो । 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend