२०८३, आश्विन २१ गते

images
  • अटो
  • डोंगफेंगनामी: एशिया, युरोप  र मिडलइष्ट भरि लक्जरीको नयाँ मापदण्ड...

डोंगफेंगनामी: एशिया, युरोप  र मिडलइष्ट भरि लक्जरीको नयाँ मापदण्ड स्थापना गर्दै

डोंगफेंगनामी: एशिया, युरोप  र मिडलइष्ट भरि लक्जरीको नयाँ मापदण्ड स्थापना गर्दै

मंगलवार, आषाढ ३१ २०८२०५:३४
मंगलवार, आषाढ ३१ २०८२०५:३४
  • images

    काठमाडौँ । डोंगफेंग नामीले EV मा लक्जरीको परिभाषानै परिवर्तन गरिरहेको छ। एशियादेखि युरोपेली मुलुकहरू हुँदै अब मिडल इष्टसम्म यस ब्रान्डले इनोभेसन, कम्फर्ट, स्मार्ट प्रविधि, सुन्दर डिजाइनर किफायती मूल्यका बीचमा सन्तुलन कायम गर्दै आफूलाई प्रमाणित गरिरहेको छ। बेल्ट एण्ड रोडइनिसियटिभ विस्तार हुँदैगर्दा डोंगफेंगले यसबाट प्राप्त हुनआउने हरेक अवसरलाई उपयोग गरिरहेको छ र यस अभियानको केन्द्रमा नामी रहेको छ।

    मध्य पूर्वमा डोंगफेंगले साउदीअरेबियाको युनिभर्सल मोटर्स एजेन्सीज (UMA) सँग सफल सहकार्य गर्दै आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ। यस सम्झौताले डोंगफेंगलाई खाडीक्षेत्रका बजारमा सशक्त उपस्थिति दिलाउनुका साथै साउदी सडकहरू सँग मेलखाने र त्यहाँका उपभोक्ताका आवश्यकता अनुरूप डिजाइन गरिएका सवारीहरू उत्पादन गर्ने अवसर प्रदान गरेको छ। UMA सँगको सहकार्यपछि डोंगफेंगले करिब १०,००० सवारीबेच्ने लक्ष्यराखेको छ र यसका लागि विशेषमोडेलहरू तयारगर्ने र नयाँ बजार रणनीति लागू गर्ने योजना बनाएको छ।यस सहकार्यले डोंगफेंगको ब्रान्डमू पहिचानलाई अझ मजबुत बनाएको छ र खाडीक्षेत्रमा चिनियाँ ईभी ब्रान्डहरूको लागि नयाँ मापदण्ड स्थापित गर्न सहयोग पुर्‍याएको छ।

    डोंगफेंग युरोपमाग्रीस बाटआफ्नो उपस्थिति बनाउँदैछ। स्पानोस ग्रुपसँगको रणनीतिक सहकार्य मार्फत कम्पनीले सक्रियरूपमा प्रवेश गरिसकेको छ, रडोंगफेंग Nammi, VOYAH FREE तथा MHERO 1 जस्ता प्रमुख मोडेलहरू मार्फत उपभोक्ताको उल्लेखनीय ध्यानआकर्षित गर्नसफल भएको छ। नामी एउटा स्टाइलिश इलेक्ट्रिक माइक्रो कार हो जसमा ३६०डिग्री क्यामेरा, १२ इन्चको स्क्रिन,सेमी-अटोनोमसड्राइभिङ असिस्टेन्स र फराकिलो बुट जस्ता सुविधाहरू छन्। सरकारी अनुदान पछि यसको सुरुवाती मूल्य १८,५७३ युरो मात्रै पर्छ, जुन महँगो ब्रान्डहरूको तुलनामा निकै आकर्षक छ।

    रोचक गाडीहरूको चर्चा गरिरहँदा, VOYAH FREE नामक लक्जरी एसयुभीमा ४८९हर्सपावरको साथमा अल-व्हिलड्राइभ प्रणाली छ र यसमा तीन विशाल स्क्रिनहरू रहेका छन्। इलेक्ट्रिक अफ-रोडमन्स्टर MHERO 1 मा १,०८८ हर्सपावर, क्र्याब-वाकस्टेरिङ र १४२.७ kWh को ब्याट्री जडानगरिएको छ। यी सबै मोडेलहरूले डोंगफेंगले केवलगाडीमात्र बनाइरहेको छैन, बरू विभिन्न प्रयोगकर्ताहरूको लागि प्रिमियम अनुभव दिनसफल भइ रहेको पुष्टि गर्दछ।

    भर्खरै नामी ब्रान्ड युरोप सहितका अन्यदेशहरूमा अत्यधिक सफल भएको छ। सन् २०२४को अन्त्यमा सार्वजनिक भएकोनामीले ४० भन्दाबढीदेशहरूमा १२,००० भन्दाबढी युनिट निर्यात गरिसकेको छ। जनवरी २०२५मा यो नेदरल्याण्ड्समा सबैभन्दा धेरै बिक्री भएको ईभी मोडेल बन्यो। नर्वेमा डोंगफेंगले हिउँपर्ने कठिन मौसममा उत्कृष्ट प्रदर्शन गरेको छ, भने चेकरिपब्लिक र लाट्भियामा यसको मार्केट सेयर उल्लेखनीय रूपमा वृद्धि हुँदैगएको छ। हिउँपर्ने मौसमका लागि आवश्यक प्याकेजहरू समावेश गर्नुअथवा युरोपेली मापदण्ड अनुसार चार्जिङप्रणाली परिवर्तन गर्ने जस्ता स्थानीय आवश्यकताहरूलाई बुझेर डोंगफेंगले बजार अनुसार आफूलाई सहजरूपमा ढाल्न सक्ने क्षमताको स्पष्टउदाहरण प्रस्तुत गरेको छ।

    डोंगफेंगनामीले अहिले केवल गाडी मात्र होइन, पूरा इकोसिस्टम नै निर्यात गरिरहेको छ।अफ्रिकामा यी गाडीहरू सोलारचार्जिङ किट सहित उपलब्ध छन्, बैंककमा मोबाइल कफी शपकारूपमा सञ्चालन भइरहेकाछ न्भने मेक्सिको सिटीमाराइड-शेयरिङसेवाका लागि प्रयोगमा छन्।यस्तो बहुउपयोगी, साहसी डिजाइन र प्रिमियम सुविधाहरूको संयोजनले विद्युतीय लक्जरीको परिभाषा पुनःनिर्माण गर्दैछ।

    एशिया देखि मिडल इष्ट हुँदै युरोपसम्म डोंगफेंगनामी स्मार्ट, ग्रीन र लक्जरीयुक्त मोबिलिटीको भविष्य निर्माण गरिरहेको ब्रान्डका रूपमा उभिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend