काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाद्वारा आज बिहान नियुक्त तीन मन्त्रीलाई अहिले शपथ नखुवाउन सत्ता साझेदार दल एमालेले आग्रह गरेको छ।
शपथ ग्रहणका लागि तयारी भइरहेका बेला एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गरेर तत्काल शपथ नखुवाउन भनेका हुन्।
मंगलबार कांग्रेसको बागमती संसदीय दलको नेताबाट हटाइएका मुख्यमन्त्री लामाले आजै बिहान गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्ति दिएका हुन्।
सत्तारुढ दल एमालेको निर्देशनपछि मुख्यमन्त्री लामा मन्त्रीलाई शपथ गराउनबाट अलमलिएका छन्।
प्रदेशको राजनीति अप्ठ्यारो मोडमा रहेका बेला मन्त्री नियुक्त गरेर सपथ ग्रहण गराउनुले गलत सन्देश जाने भन्दै आफूले मन्त्रीको सपथ ग्रहण नगराउन भनेको नेता थपलियाले बताए।
मङ्गलबार मात्रै कांग्रेस संसदीय दलको नेताबाट पदमुक्त भएका मुख्यमन्त्री बहादुर सिंह लामाले बुधबार बिहानै तीनजना मन्त्रीहरूलाई मन्त्रीपथमा नियुक्त गरेका हुन्।
अविश्वास प्रस्तावको विपक्षमा मत जाहेर गरेका सांसद गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री तथा गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरेका थिए। सत्तारुढ दल एमालेको निर्देशनपछि मुख्यमन्त्री लामा मन्त्रीलाई शपथ गराउनबाट अलमलिएका छन्।

