२०८३, आश्विन २१ गते

images
  • समाचार
  • चीनतर्फका प्रमुख नाका बन्द हुँदा दशैंअघिको...

चीनतर्फका प्रमुख नाका बन्द हुँदा दशैंअघिको सवारी आयात प्रभावित,

चीनतर्फका प्रमुख नाका बन्द हुँदा दशैंअघिको सवारी आयात प्रभावित,

नाडा अटो शो’ र ‘नाइमा एक्स्पो’ बुकिङ त भयो, गाडी कहिले आउँछ ? अटो व्यवसायी चिन्तित

मंगलवार, भाद्र १० २०८२०९:०६
मंगलवार, भाद्र १० २०८२०९:०६
  • images

    काठमाडौं । दशैं–तिहारको मुखमा रसुवागढी र तातोपानी नाका बन्द हुँदा चीनबाट हुने सवारीसाधन आयात प्रभावित भएको छ।रसुवागढी नाका जोड्ने पुल बाढीले बगाएपछि र सडक पहिरोले क्षतिग्रस्त भएपछि नाका पूर्ण रूपमा बन्द भएको छ। तातोपानी नाका पनि केही दिन अगाडिसम्म बन्द थियो। चीनतर्फ पहिरो जाँदा २० दिनसम्म यातायात ठप्प भएको हो।

    तातोपानी भन्सारको सीमित पूर्वाधार र जनशक्तिले आयात व्यवस्थापनमा चुनौती थपेको छ। तातोपानी भन्सार प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार भन्सारको भण्डारण क्षमता ८०–१०० गाडी मात्रै छ।

    रसुवाबाट आउने गाडीहरू पनि त्यहीँ डाइभर्ट हुँदा चाप थपिएको छ। यसबीचमा अटो व्यवसायीहरू डेलिभरीमा ढिलाइ हुने चिन्तामा छन्।

    नाडाका पूर्वअध्यक्ष ध्रुव थापाका अनुसार नाडा अटो शोमा ल्याइएका केही गाडी बाटो बन्द हुँदा रोकिएका छन्। ग्राहकले बुक गरेका गाडी चाडपर्वअघि डेलिभर गर्न नपाउने अवस्था देखिएको छ।

    अहिले व्यवसायीहरूले पुराना स्टक बेचिरहेका छन् तर नयाँ मोडल आयात गर्न कठिन भइरहेको छ। विद्युतीय गाडीको आयात भने साउन महिनामा उत्साहजनक देखिएको छ।

    भन्सार तथ्यांकअनुसार साउनमा मात्रै ५२ करोडभन्दा बढी मूल्यका १९७ विद्युतीय सवारीसाधन आयात भएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend