२०८३, आश्विन २१ गते

images
  • समाचार
  • मर्सिडिज–बेन्जले तोड्यो सम्बन्ध, निसानको ३.८% सेयर...

मर्सिडिज–बेन्जले तोड्यो सम्बन्ध, निसानको ३.८% सेयर ३२५ मिलियन डलरमा बिक्री

मर्सिडिज–बेन्जले तोड्यो सम्बन्ध, निसानको ३.८% सेयर ३२५ मिलियन डलरमा बिक्री

सीएनएन खबर
बुधवार, भाद्र ११ २०८२११:२२
सीएनएन खबर
बुधवार, भाद्र ११ २०८२११:२२
  • images

    जर्मन अटो कम्पनी मर्सिडिज–बेन्जको पेन्सन ट्रस्टले जापानी अटो निर्माता निसान मोटरमा रहेको सम्पूर्ण ३.८ प्रतिशत सेयर बिक्री गरेको छ। रोयटर्सका अनुसार, उक्त सेयर झन्डै ४७.८३ अर्ब येन (३२५ मिलियन अमेरिकी डलर) मा बेचेको हो। मर्सिडिजले सोमबार सेयर बिक्रीको घोषणा गरेसँगै निसानको सेयर मूल्यमा ६ प्रतिशतभन्दा बढी गिरावट आएको थियो, जुन जुलाईयता देखिएको सबैभन्दा ठूलो एकदिने गिरावट हो।

    निसानको सेयर मूल्य घट्नुको पछाडि लगानीकर्ताबीच कम्पनीको दीर्घकालीन सुधार योजनाप्रति बढ्दो आशंका प्रमुख कारण मानिएको छ। हालै मात्र अमेरिकी र चिनियाँ बजारमा बिक्री घट्नुका साथै कर सम्बन्धी दबाबका कारण निसानले अघिल्लो त्रैमासिक अवधिमा ५३५ मिलियन डलरको घाटा व्यहोर्नुपरेको थियो।

    यसअघि पनि निसान र यसको दीर्घकालीन साझेदार फ्रेन्च अटो कम्पनी रेनोबीचको साझेदारीमा पुनरावलोकन गरिएको थियो। जसअनुसार रेनोले निसानमा रहेको आफ्ना सेयर १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा सीमित गर्न पाउने व्यवस्था गरिएको थियो। मर्सिडिजले यस पटक सेयर प्रति ३४१.३ येनमा बिक्री गरेको जनाइएको छ, जुन सोही दिनको बजार मूल्य ३६३ येनभन्दा करिब ६ प्रतिशत कम हो।

    मर्सिडिज–बेन्जका प्रवक्ताले निसानको सेयर सन् २०१६ मा कम्पनीको पेन्सन कोषमा सारिएको र रणनीतिक हिसाबले खासै महत्त्व नदेखिएको कारण बिक्री गरिएको स्पष्ट गरेका छन्। यो कदम कम्पनीको लगानी पोर्टफोलियो व्यवस्थापनको नियमित प्रक्रियाको हिस्सा भएको मर्सिडिजको भनाइ छ।

    निसानले भने यस विषयमा कुनै प्रतिक्रिया नदिएको छ। हालै नियुक्त सीईओ इभान एस्पिनोसाले कम्पनी पुनः नाफामुखी बनाउनका लागि २०२७ सम्ममा उत्पादन क्षमता घटाउने, उत्पादन केन्द्र संख्या १७ बाट १० मा सीमित गर्ने जस्ता कदमहरू समावेश गर्दै सुधार योजना सार्वजनिक गरिसकेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend