२०८३, आश्विन २१ गते

images
  • अटो
  • पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः...

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः प्रत्येक खरिदमा पर्नसक्छ बजाज पल्सर १५० सिसि फेला

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः प्रत्येक खरिदमा पर्नसक्छ बजाज पल्सर १५० सिसि फेला

सोमवार, भाद्र २३ २०८२०५:२६
सोमवार, भाद्र २३ २०८२०५:२६
  • images

    काठमाडौँ । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स को नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा।लि। हो। नेपालको सवारीसाधन बजारमा टाटा जेन्युइन पार्ट्स व्यवसायिक सवारी प्रयोगकर्ताहरूको विश्वसनीय छनोट रहँदै आएको छ। 

    यही विश्वासलाई अझ मजबुत बनाउन, यसपालीको दसैं, तिहार एवं छठ पर्वको अवसरमा सिप्रदी अटोपार्ट्सले ग्राहकहरूका लागि विशेष “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक आकर्षक लक्की ड्र योजना सार्वजनिक गरेको छ।

    यस विशेष अफरमा सहभागी भएका ग्राहकहरूले बम्पर उपहारसहित थुप्रै शानदार पुरस्कार जित्ने अद्वितीय अवसर पाउनेछन्।

    कम्पनीका अनुसार लक्की ड्रमार्फत १,००,००० माथिको खरिदमा १५० सिसिको बजाज पल्सर, ७५,००० माथिको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर, २५,००० माथिको खरिदमा स्मार्ट टिभी, ५,००० माथिको खरिदमा स्मार्टफोन
    यसबाहेक, हरेक खरिदमा १,००० सम्मका क्यासब्याक कुपनहरू ग्यारेन्टीका साथ प्राप्त गर्न सकिनेछ।

    टाटा जेन्युइन पार्ट्सले गाडीको इन्जिन, ब्रेक, क्लच लगायतका अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्छ। यसले मर्मत खर्च कम गर्नुका साथै गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउन मद्दत गर्दछ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend