२०८३, आश्विन २३ गते

images

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

सोमवार, भाद्र २३ २०८२०८:०५
सोमवार, भाद्र २३ २०८२०८:०५
  • images

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

    उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् ।

    उनले सोमबार साँझ बसेको पार्टीको पदाधिकारी बैठकमा सोमबारको आन्दोलनमा अकल्पनीय मानवीय क्षति भएको भन्दै नैतिकताका आधारमा राजीनामा दिने बताएका थिए । 

    उक्त कुरा जानकारी गराएर बैठकबाट बाहिरिएका उनले मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

    जेनजीले काठमाडौंसहित देशभरका विभिन्न शहरमा गरेको प्रदर्शनका क्रममा १९ जनाभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएपछि चौतर्फीरुपमा गृहमन्त्रीसहित सरकारको आलोचना भइरहेको छ ।

    उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend