२०८३, आश्विन २१ गते

images
  • अटो
  • नाडाका पदाधिकारीले भेट अर्थमन्त्री, के भयो...

नाडाका पदाधिकारीले भेट अर्थमन्त्री, के भयो कुराकानी ?

नाडाका पदाधिकारीले भेट अर्थमन्त्री, के भयो कुराकानी ?

बुधवार, आश्विन १ २०८२०९:१२
बुधवार, आश्विन १ २०८२०९:१२
  • images

    काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीले अर्थमन्त्री डा रामेश्वर खनालसँग भेटघाट गरेका छन् । नाडाका पदाधिकारीले मंगलबार अर्थमन्त्रीसँग भेटवार्ता गरेको हो । 

    व्यवसायीहरुसंगको सो सामुहिक भेटघाट तथा छलफलमा नाडाका अध्यक्ष करन चौधरीले आम व्यवसायीहरुको शुरक्षा र देशको शान्ति र अमन चयन सवैभन्दा महत्वपूर्ण विषय भएको बताउनु हुदै व्यवसायीहरुको उत्थानका लागि सरकारले ठोस कदम चाल्नु पर्ने धारणा राखेका थिए । 

    उक्त छलफलमा उनले देशको अर्थतन्त्र खस्किदै गएको छ भन्नु हुदै सरकारले व्यवसायीहरुको मनोबल बढाउने खालका नीतिहरु ल्याउनु पर्ने बताए । छलफल क्रममा अध्यक्ष चौधरीले लगानीकर्ताहरु नेपालमा लगानी गर्न विश्वस्त हुन सक्ने अवस्था नरहेको, तोडफोडबाट भएको हानी नोक्सानीको इन्स्यारेन्स डिस्बर्समेण्ट हुनु पर्ने, नेपाल सवारी प्रदुषर्ण मापदण्ड २०८२ को कार्यान्वयनबाट सवारी साधनहरुको मूल्य बढने भन्दै नेपालको अटोमोवाइल क्षेत्रले भन्सार राजश्वमा २७ प्रतिशत योगदान दिएको, नाडाको क्षमता र कमजोरीका सम्बन्धमा सरकारलाई यथार्थ जानकारी भएको बताएका थिए । सो छलफलमा अध्यक्ष चौधरीले नाडा सरकारसंग सहकार्य गरेर अघि बढन चाहेको बताए । 

    उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाकोतर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरे । उक्त छलफलमा खाशगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट ज्ष्चभ एगचअजबकभ ीयबल प्रवाह गर्ने प्रकियामा हाल ६० प्रतिशतको सिमा लाई बढाएर ८०५ पु¥याउनु पर्ने सुझाव समेत दिए ।

    सो छलफलमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक विगे्रको कारण तातोपानी भन्सारबाट सवारी साधनहरु नेपालमा आउन नसकेको सम्बन्धमा छिटै सवारी साधन सञ्चालन गरिने आश्वासन दिदै व्यवसायीहरुका लागि प्रोत्साहन प्याकेज समेत ल्याइने बताए । त्यसैगरी नेपाल सवारी प्रदुषर्ण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा बन तथा वातावरण मन्त्रालयसंग छलफल गरिने बताए ।

    छलफलको अन्तमा माननीय अर्थमन्त्री खनालले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनबाट भएका लस र डयामेजको तथ्याङ्क संकलनगरी समुचित कदम चालिने बताए । सोही क्रममा मन्त्री खनालले बैंक र फाइनान्सबाट प्रदान गर्न सकिने सुविधाहरु प्रदान गरिने भन्दै टेक्स मा के के सुविधा दिन सकिन्छ त्यसका लागि सरकारले आवश्यक कदम चाल्ने आश्वासन समेत दिए । सोही छलफलको क्रममा मन्त्री खनालले आन्दोलनले अटोमोवाइल क्षेत्रमा ठूलो नोक्सानी पु¥याएको छ भन्नु हुदै आफु व्यवसायीहरुको सिधा सम्पर्क रहने बताए । उक्त छलफलमा टेक्सका सम्बन्धमा धेरै सुझावहरु आएको सन्दर्भमा यसबारे क्याविनेटमा छलफल गरिने बताए । 

    उक्त छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति समेतकोे उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend