काठमाडौं । राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएका छन्। दृश्यता (भिजिबिलिटी) कम भएपछि करिब आधा दर्जन जहाज आकाशमै होल्डमा राखिएका विमानस्थल स्रोतले जनाएको छ।
काठमाडौंमा लगातार वर्षा भइरहेका कारण केही जहाजहरूले तोकिएको समयमा अवतरण गर्न नसकेर आकाशमै फन्को मार्नुपरेको हो। मौसमको अवस्था अझै केही घण्टासम्म स्थिर नहुने अनुमान गरिएको छ। विमानस्थल कार्यालयले यात्रुहरूलाई उडानमा ढिलाइ हुने जानकारी दिँदै धैर्य गर्न आग्रह गरेको छ।

