२०८३, आश्विन २१ गते

images
  • अटो
  • एमएडब्लू अर्थमुभर्स (जेसिबी नेपाल) ले गर्यो १७औं FNBI एजीएममा...

एमएडब्लू अर्थमुभर्स (जेसिबी नेपाल) ले गर्यो १७औं FNBI एजीएममा नेपालको इँटा उद्योगसँग सहकार्य

एमएडब्लू अर्थमुभर्स (जेसिबी नेपाल) ले गर्यो १७औं FNBI एजीएममा नेपालको इँटा उद्योगसँग सहकार्य

शुक्रवार, आश्विन १० २०८२०८:२७
शुक्रवार, आश्विन १० २०८२०८:२७
  • images

    काठमाडौं । नेपालमा जेसिबीमेसिनहरूको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा. लि.ले नेपाल ईट्टा उद्योग महासंघ (FNBI) को १७औं वार्षिक साधारण सभा (AGM) लाई सगर्व प्रायोजन गरेको छ। कार्यक्रम २०८२ भदौ १२ देखि १४ गतेसम्म गोदावरीस्थित होटल भ्यु भृकुटीमा सम्पन्न भएको थियो। जेसिबी नेपालले नेपालको इँटा उद्योगको विकास र आधुनिकीकरणमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता अनुरुप यो प्रायोजन गरेको हो।

    कोभिड–१९ महामारीपछिका कठिनाइहरू पार गर्दै इँटा उद्योग बिस्तारै पुनः अघि बढिरहेको छ। अहिले धेरै इँटाभट्टा व्यवसायीहरू आफ्ना उपकरण अपडेट गर्न र सञ्चालन सुधार गर्न लागिपरेका छन्। यस एजीएममा सहभागिता मार्फत् जेसिबी नेपालले उद्योगका महत्वपूर्ण सरोकारवाला र नीति निर्माताहरुसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको छ।

    कार्यक्रममा जेसिबी नेपालले उच्च दक्षता, बहुउपयोगी क्षमता र मजबुतीका लागि परिचित ११ मिटर क्षमताको टेलिह्यान्डलर JCB Telehandler 530-110प्रदर्शन गरेको थियो। यो मेसिन विशेषगरी इँटा उद्योगका लागि उपयुक्त छ, जसले इँटा र अन्य सामग्री साइटमै लोड गर्ने, थुपार्ने र ढुवानी गर्ने कार्यमा शक्तिशाली पर्फर्मेन्स दिन्छ। यसको आधुनिक डिजाइन र अत्याधुनिक सुविधाहरूले यसलाई उत्पादकत्व र सुरक्षामा सुधार गर्न चाहने इँटा भट्टा सञ्चालकहरूका लागि उत्कृष्ट समाधान बनाउँछ।

    एजीएमलेजेसिबी नेपालका लागि इँटा भट्टा मालिक र उद्योगका अगुवाहरूसँग सम्बन्ध मजबुत पार्ने उत्कृष्ट अवसर प्रदान गरेको थियो। प्रत्यक्ष भेटघाटमार्फत टोलीले जेसिबीका विविध मेसिनरी सोलुसन्स र यसले इँटा उद्योगका विशेष आवश्यकताहरू पूरा गर्न कसरी सहयोग पुर्‍याउँछ भन्ने बारेमा जानकारीहरू बाँड्ने मौका प्राप्त गरेको थियो।

    यस सहभागिताले जेसिबीमेसिनहरूको माग बढाउनुका साथै उद्योग विकासमा भरपर्दो साझेदारका रूपमा ब्राण्डको इमेज स्थापित गर्‍यो। गुणस्तरीय मेसिनरी र भरपर्दो आफ्टर सेल्स सर्भिस मार्फत जेसिबी नेपाल इँटा उद्योगलाई सशक्त बनाउन पाउँदा गर्व गर्दछ।

    एमएडब्लू अर्थमुभर्स प्रा. लि.नेपालका पूर्वाधार र निर्माण उद्योगलाई सहयोग गर्न निरन्तर प्रतिबद्ध छ। इँटा उद्योगजस्ता प्रमुख क्षेत्रहरूसँग निकट सहकार्य गर्दै जेसिबी नेपालले अझ बलियो, दक्ष र इनोभेटिभ भविष्यको निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend