२०८३, आश्विन २३ गते

images
  • समाचार
  • महराको बयान– ‘सञ्चारमन्त्री हुँदा बधाई दिन...

महराको बयान– ‘सञ्चारमन्त्री हुँदा बधाई दिन आएपछि चिनियाँ वाङलाई चिनेको हुँ’

महराको बयान– ‘सञ्चारमन्त्री हुँदा बधाई दिन आएपछि चिनियाँ वाङलाई चिनेको हुँ’

मंगलवार, आश्विन २८ २०८२१०:५४
मंगलवार, आश्विन २८ २०८२१०:५४
  • images

    काठमाडौँ । पूर्वसभामुख तथा पूर्वसञ्चारमन्त्री कृष्णबहादुर महराले आफू चिनियाँ सुन तस्कर दाओजिन वाङलाई “फलफूल व्यापारी”को रूपमा मात्र चिनेको दाबी गरेका छन्। काठमाडौँ जिल्ला अदालतमा सोमबारदेखि सुरु भएको थुनछेक बहसअघिको बयानमा महराले यस्तो बताएका हुन्।

    २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रोनिक चुरोट (भेप)मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा महरालाई प्रतिवादी बनाइएको छ। अनुसन्धानमा उनी चिनियाँ तस्कर दाओजिन वाङसँगको सम्पर्कका कारण संलग्न देखिएका छन्।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र सरकारी वकिलको कार्यालयले महराविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गत मुद्दा दायर गरेका छन्। राज्यले ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको बिगो मागदाबी गरेको छ।

    महराले बयानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको ७३० थान 'भेप" छुटाउन भन्सार प्रमुखलाई फोन गरेको स्वीकार गरेका छन्। तर उनले आफ्नो भनाइ स्पष्ट पार्दै भने,‘मैले सामान वैध वा अवैध के हो, हेरेर कानुन बमोजिम गर्न भनें, कुनै दबाब दिएको होइन।’

    महराले वाङसँगको सम्पर्कबारे बयान दिँदै भनेका छन् : ‘म सञ्चारमन्त्री हुँदा चिनियाँ नागरिक वाङ फलफूल लिएर मलाई बधाई दिन आएका थिए, त्यही बेला चिनें। उनले आफूलाई फलफूल व्यापारी भनी चिनाएका थिए।’ त्यसपछिका गतिविधिबारे आफू अनविज्ञ रहेको भन्दै उनले वाङको विद्युतीय सामानको व्यापार र सुन तस्करीमा कुनै सरोकार नभएको जिकिर गरेका छन्।

    CIB को अनुसन्धानअनुसार, चीनबाट लुकाएर ल्याइएको सुन वाङको समूहले पठाएको थियो। मुख्य योजनाकार वाङ हाल फरार छन्। महराले वाङको व्यापारिक कार्यमा लगानी, साझेदारी वा प्रत्यक्ष संलग्नता केही नभएको बयान दिएका छन्।

    सुन तस्करी र संगठित अपराधको गम्भीर आरोप लागेका महराको थुनछेक बहस आजदेखि सुरु भएको छ। अदालतमा बयानपछि सरकारी वकिल र प्रतिवादी पक्षबीच बहस हुनेछ। यदि महरालाई दोषी ठहर गरियो भने, दीर्घकालीन जेल सजाय र ठुलो जरिवाना लाग्न सक्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend