२०८३, आश्विन २१ गते

images
  • अटो
  • इन्ड्राइभले दियो १० जना ग्राहकलाई विद्युतीय...

इन्ड्राइभले दियो १० जना ग्राहकलाई विद्युतीय स्कुटर

इन्ड्राइभले दियो १० जना ग्राहकलाई विद्युतीय स्कुटर

बिहिवार, आश्विन ३० २०८२१०:४७
बिहिवार, आश्विन ३० २०८२१०:४७
  • images

    काठमाडौँ । राइड–सेयरिङ एप इन्ड्राइभले  १० जना ग्राहकलाई विद्युतीय स्कुटर प्रदान गरेको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा आफ्ना भाग्यमानी १० ग्राहकलाई इलेक्ट्रीक स्कुटर र ३० जनालाई स्मार्ट वाच पुरस्कार स्वरुप वितरण गरेको हो ।

    संस्थाले यात्रुहरूले इन्ड्राइभ प्रयोग गरी एपको सफलतामा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै यात्रुहरुलाई उक्त पुरस्कारले सम्मान गरिएको हो।

    इन्ड्राइभ नेपालकी चालक सञ्चालक विशेषज्ञ सुनिता जेमि राईका अनुसार यो गिभअवे आफ्ना ग्राहकहरुको विश्वासको कदर गर्नका लागि गरिएको बताएकी छिन् । संस्थाले भव्य पुरस्कारको रूपमा १० जनालाई नयाँ स्कुटर प्राप्त गरे भने ३० जना यात्रुले स्माट वाच उपहार दिएको छ ।

    इन्ड्राइभले आफ्ना यात्रु र चालकहरुको सुरक्षालाई मध्येनजर गर्दै प्रत्यकलाई ८ लाख रुपैयाँको बीमा सेवा उपलब्ध गराउने भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend