२०८३, आश्विन २१ गते

images
  • अटो
  • इनड्राइभको “राइड मोर, विन मोर” क्याम्पेनको...

इनड्राइभको “राइड मोर, विन मोर” क्याम्पेनको विजेता घोषणा, १० जनाले पाए इर्भी स्कुटर

इनड्राइभको “राइड मोर, विन मोर” क्याम्पेनको विजेता घोषणा, १० जनाले पाए इर्भी स्कुटर

बुधवार, कार्तिक १२ २०८२०७:१९
बुधवार, कार्तिक १२ २०८२०७:१९
  • images

    काठमाडौँ । ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “राइड मोर, विन मोर” अभियानका विजेताहरूलाई पुरस्कार प्रदान गरेको छ। यो अभियान आफ्नो दैनिक यात्रामा इनड्राइभ प्रयोग गर्ने नियमित प्रयोगकर्ताहरूलाई पुरस्कृत गर्न सन्चालन गरिएको थियो, जसमा प्रयोगकर्ताहरूले इनड्राइभ एपमार्फत राइड बुक गरेर आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गरेका थिए ।

    इनड्राइभको वृद्धि हुँदै गैरहेको समुदाय र कम्पनिप्रतिको बलियो विश्वास र संलग्नतालाई प्रतिबिम्बित गर्दै काठमाडौंका अत्यधिक प्रयोगकर्ताहरू क्याम्पेनमा सहभागी थिए । इनड्राइभमार्फत कम्तिमा ३ राइड पूरा गर्ने यात्रुहरू स्वचालित रूपमा लक्की ड्रमा प्रवेश गरेका थिए, जसले उनीहरूलाई विशेष पुरस्कारहरू जित्ने र इनड्राइभसँग आफ्नो दैनिक यात्रा मनाउने असीमित अवसरहरू प्रदान गरेको थियो ।

    क्याम्पेनको मुख्य आकर्षणमा १० जना भाग्यशाली विजेताहरूले ब्रान्ड-न्यू याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर जित्न सफल भएका थिए भने , र ३० जना  विजेताहरूले अल्टिमा वाच सर्कल स्मार्टवाच जितेका थिए । 

    इनड्राइभकी नेपाल रिप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्स् “यो क्याम्पेनमा हाम्रा प्रयोगकर्ताहरूको अत्यधिक सहभागिता देखेर हामी खुसी छौं। हाम्रा वफादार यात्रुहरूलाई हरेक दिन इनड्राइभ छनोट गरेकोमा धन्यवाद दिन ‘राइड मोर, विन मोर’ क्याम्पेन संचालन गरेका थियौँ । इनड्राइभ रोजाइको स्वतन्त्रता र निष्पक्षतामार्फत मानिसहरूलाई सशक्त बनाउनमा विश्वास गर्दछ । हाम्रो अद्वितीय पियर-टु-पियर मूल्य निर्धारण मोडेलले गर्दा यात्रु र चालकहरू प्रत्यक्ष रूपमा उचित मूल्यमा सहमत हुन सक्छन,  र यसले नै यात्रालाई पारदर्शी, लचिलो र समुदाय/संचालित बनाउँछ। हामी निष्पक्ष र पारदर्शी सेवामार्फत समुदायलाई सशक्त बनाउन जारी राख्ने थप पहलहरूका लागि तत्पर छौं।”

    यस क्याम्पेनको साथ इनड्राइभले स्थानीय नेपाली समुदायसँगको आफ्नो सम्बन्धलाई बलियो बनाउने कार्य जारी राखेको छ । यसको पियर-टु-पियर मूल्य निर्धारण मोडेल मार्फत यात्रु र चालक दुवैलाई निर्णय गर्ने स्वतन्त्रता दिन्छ र प्रत्यक राइडमा  पारस्परिक सम्मान र निष्पक्षता प्रतिबिम्बित होस् भनेर सुनिश्चित गर्दछ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend