२०८३, आश्विन २३ गते

images
  • समाचार
  • जनमतकी निलम पासवान लुम्बिनी प्रदेश सभा...

जनमतकी निलम पासवान लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित

जनमतकी निलम पासवान लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित

अध्यक्ष सीके राउतको बधाई — “धैर्य राखे आफैं पाइन्छ”

बिहिवार, कार्तिक १३ २०८२०८:५३
बिहिवार, कार्तिक १३ २०८२०८:५३
  • images

    काठमाडौं । लुम्बिनी प्रदेश सभाको समानुपातिकतर्फ रिक्त सांसद पदमा जनमत पार्टीकी निलम पासवान निर्वाचित भएकी छन्। निर्वाचन आयोगले बिहीबार उनलाई लुम्बिनी प्रदेश सभा सदस्यका रूपमा निर्वाचित गरेको घोषणा गरेको हो।

    जनमत पार्टीको समानुपातिक सूचीमा दलित क्लस्टरअन्तर्गत नम्बर १ मा नाम रहेकी पासवानलाई आयोगले सांसदको प्रमाणपत्र प्रदान गरेको छ। यसअघि आदिवासी जनजाति क्लस्टरबाट निर्वाचित सांसद गीता गुरुङले राजीनामा दिएपछि सो पद रिक्त बनेको थियो। त्यसपछि जनमत पार्टीले क्लस्टर अनुसार नयाँ नाम सिफारिस गरेको हो।

    रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ की पासवान जनमत पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्यसमेत हुन्। सांसदमा निर्वाचित भएपछि पार्टी अध्यक्ष सीके राउतले पासवानलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत राउतले लेखेका छन् :
    “धैर्य राखेपछि आफैं पाइन्छ। कहिले यता कहिले उता, दुई डुंगामा खुट्टा राखे बल्ड्याङ् लडिन्छ। हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।”

    जनमत पार्टीले पासवानको नियुक्तिलाई दलभित्र महिलाको नेतृत्व सशक्तीकरण र समावेशी प्रतिनिधित्वको सन्देशका रूपमा लिएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend