काठमाडौं ।। गएराति चितवनमा रोकिराखेको ट्रकमा दुईवटा यात्रुबाहक बस ठोकिँदा ३३ जना यात्रु घाइते भएका छन्। दुर्घटना गएराति करिब पौने २ बजे भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा भएको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार ना ६ ख ८१३ नम्बरको ट्रक इँटा लोड गरेर सडक किनारमा पार्किङ गरिएको अवस्थामा गौरबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र।०३–००१ ख ०१२३ नम्बरको डल्फिन बस ठोक्किएको थियो। त्यसपछि पछाडिबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस पनि सोही ट्रक र बसमा ठोक्किँदै दुर्घटनामा परेको हो।
दुर्घटनापछि बस सडकमै पल्टिँदा केहीबेरका लागि पूर्व–पश्चिम यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। सशस्त्र प्रहरी बल नं. १७ गण आँपटारीबाट खटिएको सुरक्षाफौजले तत्काल उद्धार कार्य सुरु गरी घाइतेहरूलाई विभिन्न अस्पतालमा पठाएको थियो।
प्रहरीका अनुसार चितवन मेडिकल कलेजमा उपचाररत १५ जना,नेशनल सिटी अस्पतालमा १३ जना,भरतपुर अस्पतालमा ५ जना रहेको छ। अधिकांश घाइतेको अवस्था मध्यम छ, तर केहीको अवस्था गम्भीर रहेको छ।
दुर्घटनामा संलग्न सवारी साधनहरूलाई क्रेनको सहायताले हटाएपछि आज बिहान करिब ३ बजेदेखि सडकमा पुनः सवारी सञ्चालन सुचारु भएको छ। दुर्घटनामा संलग्न रुद्राक्ष यात्रुबाहक बसका चालक कृष्ण मण्डल (४३ वर्ष, धनुषा जिल्ला, सहिद नगरपालिका–४) लाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ।
चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरू (१५ जना):
१. सार्थक बाबु श्रेष्ठ (२०) – उदयपुर, त्रियुगा–१०; बायाँ खुट्टा चोट, अवस्था मध्यम (डल्फिन बस)
२. सदाकत मिया (३९) – धनुषा, जनकपुर–१७; टाउको चोट, अवस्था मध्यम (रुद्राक्ष बस)
३. नरेन्द्र शाह (५२) – धनुषा, जनकपुर; टाउकोमा चोट (रुद्राक्ष बस)
४. मुकेश कुमार केसरी (४१) – रौतहट, गौर–५; बायाँ खुट्टा र टाउको चोट (डल्फिन बस)
५. समिर अन्सारी (१७) – धनुषा, जनकपुर–७; बायाँ खुट्टा र हातमा चोट (रुद्राक्ष बस)
६. गिता देवी यादव – महोत्तरी, पिपरा–१; निधारमा चोट (रुद्राक्ष बस)
७. कृष्णकुमार साह – रौतहट, राजदेवी–१; अनुहारमा चोट, अवस्था मध्यम (डल्फिन बस)
८. वसन्त झा (४६) – धनुषा, जनकपुर–१; खुट्टामा चोट, अवस्था सामान्य (रुद्राक्ष बस)
९. मुकेश लाल कर्ण (४९) – धनुषा, जनकपुर–४; अवस्था सामान्य
१०. अन्जु कर्ण (३४) – धनुषा, जनकपुर; अवस्था सामान्य
११. आरुष कर्ण (वर्ष नखुलेको) – धनुषा, जनकपुर; अवस्था सामान्य (रुद्राक्ष बस)
१२. राम श्रेष्ठ (३७) – महोत्तरी, पिपरा–१; अवस्था सामान्य (डल्फिन बस)
१३. अनिकेत कुमार साह (२०) – रौतहट, राजदेवी–१; अवस्था सामान्य (डल्फिन बस)
१४. आरभ मिश्र (११) – रौतहट, बृन्दावन–३; टाउकोमा चोट, अवस्था मध्यम (डल्फिन बस)
१५. बिद्या चौधरी (१९) – धनुषा, लक्ष्मिनिया–४; अवस्था मध्यम (रुद्राक्ष बस)
नेशनल सिटी अस्पताल, भरतपुरमा रहेका घाइतेहरू (१३ जना):
१. आदित्य कुमार सिंह (२०) – धनुषा, जलेश्वर–५; अवस्था सामान्य (रुद्राक्ष बस)
२. रेखा सिंह (४३) – धनुषा, जलेश्वर; अवस्था सामान्य (रुद्राक्ष बस)
३. अञ्जली सिंह (२१) – धनुषा, जलेश्वर; अवस्था सामान्य (रुद्राक्ष बस)
४. सुनिल प्रसाद (३२) – भारत, मोतिहारी; अवस्था सामान्य (डल्फिन बस)
५. सुभद्रा कुमारी चौधरी (२५) – भारत, मोतिहारी; अवस्था सामान्य
६. पृया जैशवाल (७) – भारत, मोतिहारी; अवस्था सामान्य
७. कृती जैशवाल (४) – भारत, मोतिहारी; अवस्था सामान्य
८. आलोक कुमार राउत (२८) – धनुषा, जनकपुर–८; अवस्था सामान्य
९. मोनु कुमार महतो (२१) – रौतहट, राजदेवी–२; अवस्था सामान्य
१०. गम्भिरादेवी ठाकुर (६६) – रौतहट, गौर–९; अवस्था सामान्य
११. विजय साह (५०) – रौतहट, गरुडा–७; अवस्था सामान्य
१२. उर्मिला कुमारी साह (४०) – रौतहट, गरुडा–७; अवस्था सामान्य
१३. सुनिता देवी मिश्र (६२) – रौतहट, बृन्दावन–३; अवस्था मध्यम
भरतपुर अस्पतालमा उपचाररत घाइतेहरू (५ जना):
१. राजकिशोर दास (३०) – रौतहट, दुर्गावती–२; अवस्था सामान्य
२. राजु दास (२५) – रौतहट, दुर्गावती–२; अवस्था सामान्य
३. महमद साहेब (२२) – भारत, मोतिहारी; अवस्था सामान्य
४. रोशी कुमार साह (१९) – रौतहट, माधवनारायण–५; अवस्था सामान्य
५. दिब्या चौधरी (१९) – धनुषा, लक्ष्मिनिया–४; अवस्था मध्यम

