२०८३, आश्विन २३ गते

images
  • समाचार
  • वन अधिकृत विरुद्ध झण्डै डेढ करोडको...

वन अधिकृत विरुद्ध झण्डै डेढ करोडको भ्रष्टाचार मुद्दा दायर, श्रीमती र बुहारी मुछिए

वन अधिकृत विरुद्ध झण्डै डेढ करोडको भ्रष्टाचार मुद्दा दायर, श्रीमती र बुहारी मुछिए

सोमवार, कार्तिक १७ २०८२०१:२२
सोमवार, कार्तिक १७ २०८२०१:२२
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    डिभिजन वन कार्यालय इलाममा डिभिजनल वन अधिकृतमा कार्यरत रही हाल डिभिजन वन कार्यालय भोजपुरमा रहेका श्रेष्ठविरुद्ध पदमा रहँदा गैरकानूनी रूपमा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको अकूत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

    अनुसन्धानका क्रममा उनको पारिश्रमिक, दैनिक भत्ता, श्रीमती र छोराछोरीका आयस्रोत, घरजग्गा, सवारीसाधन, सुनचाँदी, बैंक निक्षेप, सेयर खरिद, वैदेशिक भ्रमणलगायत सम्पूर्ण विवरण विश्लेषण गर्दा आयस्रोतअनुसार नबुझिने सम्पत्ति फेला परेको आयोगले जनाएको छ। श्रेष्ठ २०४८ साल असार २६ गतेदेखि विभिन्न तहमा कार्यरत रहँदै आएका थिए ।

    श्रेष्ठको परिवारका नाममा समेत अवैध सम्पत्ति रहेको ठहर गर्दै आयोगले उनका श्रीमती नयना श्रेष्ठ, छोरी भावना बरुवाल र पेई एण्ड इन्भायरोन्मेन्ट रिसर्च अर्गनाइजेशन प्रा।लि। विरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारका राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

    उनका अनुसार श्रेष्ठले आफ्नो वार्षिक सम्पत्ति विवरणमा सम्पूर्ण सम्पत्ति नखुलेको, झूटो विवरण पेश गरेको र लुकाएको प्रमाण फेला परेपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को सम्बन्धित दफा अनुसार कारबाहीका लागि मुद्दा दायर गरेको जनाएको छ।

    गैरकानूनी रूपमा आर्जित सम्पत्ति राज्यको नाममा जफत गर्न माग गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend