२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, के...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, के छन् एजेण्डा ?

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, के छन् एजेण्डा ?

सीएनएन खबर
मंगलवार, कार्तिक १८ २०८२०८:२९
सीएनएन खबर
मंगलवार, कार्तिक १८ २०८२०८:२९
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ । महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको  कार्यसमिति बैठक दिउँसो एक बजे बस्न लागेको हो ।

    बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन ।

    सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

    आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ ।

    नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend