२०८३, आश्विन २३ गते

images
  • समाचार
  • भैरहवामा होटल निर्वाणाको गेटअगाडि गोली चल्यो,...

भैरहवामा होटल निर्वाणाको गेटअगाडि गोली चल्यो, सुरक्षागार्ड घाइते

भैरहवामा होटल निर्वाणाको गेटअगाडि गोली चल्यो, सुरक्षागार्ड घाइते

मंगलवार, कार्तिक १८ २०८२१२:१२
मंगलवार, कार्तिक १८ २०८२१२:१२
  • images

    काठमाडौँ । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा अगाडि गएराति गोली चलेको छ। गोली लागेर होटलका एक सुरक्षागार्ड सामान्य घाइते भएका छन्।

    रुपन्देही जिल्ला प्रहरी कार्यालयका अनुसार, घटना होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद हुँदा सुरु भएको हो। विवादपछि दुबै समूह बाहिर निस्किएर गेटअगाडि आएपछि एक समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार, गोली चलाउने समूहका तीन जना व्यक्ति हाल फरार रहेका छन्। उनीहरूको खोजी जारी रहेको र क्यासिनोभित्र रहेका केही व्यक्तिहरूसँग सोधपुछ भइरहेको उनले बताए।

    घाइते सुरक्षागार्डको अवस्था सामान्य रहेको र उनलाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।प्रहरीले घटनास्थलबाट गोलीको खोका र केही प्रमाण संकलन गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, विवाद क्यासिनोभित्र सानो झगडाबाट सुरु भएर बाहिर गोलीकाण्डमा परिणत भएको हुन सक्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend