काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज बयानका लागि सिंहदरबार जाने भएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भाग्नुको कारणबारे सोध्नका लागि गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले उनलाई आज बोलाएको थियो ।
नख्खु कार्यालय स्रोतका अनुसार जाँचबुझ आयोगले झिकाउन भनेपछि उनलाई दिउँसो १ बजे सिंहदरबार लैजान लागिएको हो ।
सभापति लामिछानेले भने आफू जेलबाट बाहिर नगएको भन्दै प्रशासनले नै आफूलाई बाहिर पठाएको बताउँदै आएका छन् ।

