२०८३, आश्विन २३ गते

images
  • समाचार
  • नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन...

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु

सीएनएन खबर
बुधवार, कार्तिक १९ २०८२०२:००
सीएनएन खबर
बुधवार, कार्तिक १९ २०८२०२:००
  • images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु भएको छ। नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादीसहितका विभिन्न १० वटा कम्युनिस्ट घटकहरूबीच एकता घोषणाका लागि बुधबार काठमाडौँको भृकुटीमण्डपमा  सम्मेलन सुरु भएको हो।

    सम्मेलनमा पार्टीका शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसहित सबै घटकका नेताहरुले संयुक्त रुपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक शुरुवात गरेका हुन्। 

    सम्मेलनलाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता वर्षमान पुनले जानकारी दिए। सम्मेलनमा पार्टीको विधान, केन्द्रीय समिति तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेन्डा तय गरिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend