काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि छलफल सुरु गरिएको छ। नयाँ र वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच यस विषयमा प्रारम्भिक स्तरको संवाद सुरु भएको भट्टराईले जानकारी दिएका छन्।
भट्टराईका अनुसार, जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीतिक परिवेश र त्यसको मर्मअनुसार समग्र राजनीतिलाई पुनर्गठन गर्दै एक विस्तृत वैकल्पिक राजनीतिक ध्रुवीकरण निर्माण गर्ने उद्देश्यले छलफल सुरु गरिएको हो।
छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईसँगै पूर्व माओवादी नेता जनार्दन शर्मा, सुदन किराँती, रास्वपा छाडेकी नेतृ सुमना श्रेष्ठ, रास्वपाका उपसभापति डीपी अर्याल लगायतका नेताहरू सहभागी छन्।

