२०८३, आश्विन २३ गते

images
  • समाचार
  • नेपालगञ्ज कारागारको क्षमता ३५० जना तर...

नेपालगञ्ज कारागारको क्षमता ३५० जना तर ८ सयभन्दा बढी कैदीबन्दी बस्न बाध्य

नेपालगञ्ज कारागारको क्षमता ३५० जना तर ८ सयभन्दा बढी कैदीबन्दी बस्न बाध्य

बिहिवार, कार्तिक २० २०८२०१:१९
बिहिवार, कार्तिक २० २०८२०१:१९
  • images
    काठमाडौँ । नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ । ‘एडभोकेसी’ फोरम नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० र उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेशले संयुक्त रूपमा गरेको अनुगमनमा जेनजी प्रदर्शनपछि बाँके कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको पाइएको हो ।
     
    अनुगमन पश्चात् नेपालगञ्ज कारागारको अवस्था सुधार गरी कैदीबन्दीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । कारागारमा अहिले ३५० कैदीबन्दीको क्षमता रहेकामा ८०० कैदीबन्दी तथा थुनुवा राखिएको छ । यहाँ रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी लागुऔषध कारोबार, जबरर्जस्ती करणी, कर्तव्यज्यान मुद्दाका रहेका कारागार प्रशासनले जनाएको छ । 
     
    कारागारका जेलर प्रकाश ढुङ्गानाले महिला कैदीबन्दी गृह नभएकाले  बर्दिया कारागारमा पठाउने तयारी भइरहेको जानकारी दिए । जेनजी प्रदर्शनका क्रममा केही कैदीबन्दी भाग्न खोजेपछि सुरक्षाकर्मीले नियन्त्रणका लागि गोली चलाउँदा कैलालीका २४ वर्षीय उमेश बमको खुट्टामा गोली लागेर घाइते भएका उल्लेख गर्दै उनले बमको अवस्था सामान्य भएपछि पुनः कारागार फर्किएका बताए ।
     
    क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी बस्नुपर्ने अवस्था भएकाले बसोबास, स्वास्थ्य र सरसफाइमा कठिनाइ देखिएपछि सुधारका लागि आग्रह गरिएको एडभोकेसी फोरमका प्रदेश संयोजक वसन्त गौतमले बताए। उनले कारागारमा अस्थायी रूपमा एक महिलाबन्दी राखिएको भए पनि बाँकेमा महिला कैदीबन्दीका लागि छुट्टै कारागार भवनको अभाव रहेको उल्लेख गरे । 
     
    कारागारमा कैदीबन्दीका लागि पिउने पानी, सरसफाइ र स्वास्थ्य उपचारको सामान्य सुविधा मात्र रहेको पाइएको अनुगमन टोलीले जनाएको छ । स्वच्छ पानीका लागि समरसेल र मिनरल वाटरको व्यवस्था गरिएको छ भने ए ब्लक र बी ब्लकमा गरी ११ वटा सार्वजनिक शौचालय सञ्चालनमा छन् । 
     
    प्राथमिक तहको विद्यालय पनि सञ्चालनमा रहेको सो कारागारमा कक्षा १ देखि ५ कक्षासम्म ९८ जना कैदीबन्दीले अध्यायन गरिरहेका जेलर ढङ्गानाले जनाकारी दिए ।
     
    कारागारको प्रशासनिक भवन जीर्ण भएकाले कर्मचारीले असुरक्षित महसुस गर्दै बाहिरबाट काम गर्नुपर्ने अवस्था, अदालतबाट कैदीपुर्जी ढिलो प्राप्त हुने, पुनरावेदन म्याद ढिलाइ हुने, कैदीबन्दीका उजुरी समयमा सम्बोधन नहुनेलगायत समस्या समाधानका लागि कारागार प्रशासनलाई आग्रह गरिएको संयोजक गौतमले बताए । 
     
    अनुमगनमा टोलीमा इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्य, उपभोक्ता संरक्षण मञ्चका प्रदेश उपाध्यक्ष प्रभातकुमार ठकुरीलगायत सहभागीता रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend