२०८३, आश्विन २३ गते

images
  • समाचार
  • दुई वर्षसम्म कोरिया नपुगेका ईपीएस परीक्षार्थीले...

दुई वर्षसम्म कोरिया नपुगेका ईपीएस परीक्षार्थीले वैदेशिक रोजगार विभाग घेराउ गरे

दुई वर्षसम्म कोरिया नपुगेका ईपीएस परीक्षार्थीले वैदेशिक रोजगार विभाग घेराउ गरे

बिहिवार, कार्तिक २० २०८२०३:०१
बिहिवार, कार्तिक २० २०८२०३:०१
  • images

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेका केही नेपाली कामदारहरूले दक्षिण कोरिया पठाउन ढिलाइ गरेको भन्दै वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा घेराउ गरेका छन्। उनीहरूले आफ्नो मागमा भाषा र सीप परीक्षा पास गरेका कामदारलाई कोरिया पठाउन तत्काल कदम चाल्न प्रशासनलाई दबाब दिएका छन्।

    सन् २०२५ का लागि आयोजित ईपीएस भाषा परीक्षामा करिब एक लाख ६३ हजार जना सहभागी भएका थिए, जसमध्ये १७ हजार ३० जना उत्तिर्ण भएका थिए। तर, उनीमध्ये धेरैको अहिलेसम्म करार सम्झौता समेत नभएको कारणले कोरिया जाने प्रक्रिया ठप्प छ। परीक्षार्थीहरूको भनाइ अनुसार, कोरियामा पठाउनुपर्ने कामदारहरु पहिले नै पास भइसकेका छन्, तर अझै प्रशासनले आवश्यक कदम चाल्न ढिला गरिरहेको छ।

    ईपीएस प्रणालीमार्फत सन् २००८ देखि दक्षिण कोरियामा नेपाली कामदार पठाउन थालिएको हो। हाल त्यहाँ करिब एक लाख नेपाली कामदारहरू विभिन्न क्षेत्रहरूमा कार्यरत छन्। परीक्षार्थीहरूले प्रशासनले ढिला गरिरहनु नपर्ने र पारदर्शी प्रक्रिया अपनाउनुपर्ने माग गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend