काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा–विप्लव) का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले हालको जेनजी विद्रोह (युवा आन्दोलन) पनि विगतको माओवादी जनयुद्धजस्तै असफल हुने खतरा बढेको चेतावनी दिएका छन्।
सर्वपक्षीय सरकारको माग गर्दै काठमाडौंमा भएको प्रदर्शनपछिको सभामा बोल्दै उनले भने, “हामीले जनयुद्धमा जनताको लागि लड्यौं, तर लक्ष्य पुरा गर्न सकिएन। अहिलेको जेनजी विद्रोह पनि असंगठित रह्यो भने अधुरो रहन सक्छ।”
विप्लवका अनुसार, विद्रोहको मुख्य कारण शासक वर्गको अहंकार, भ्रष्टाचार, प्रशासनिक दमन र जनतालाई नजरअन्दाज गर्नु हो। उनले जेनजी युवा आन्दोलनलाई पार्टीले गर्न नसकेको काम गरेको भन्दै सराहना पनि गरे।
उनले चेतावनी दिदै भने, “यदि नयाँ पुस्ताले तुरुन्त सक्रिय कदम चालेन भने, नेपालमा विद्रोह जनयुद्धभन्दा पनि खराब परिणाममा पुग्न सक्छ।”
साथै उनले विदेशी हस्तक्षेपको आशंका गर्दै जेनजी युवाहरूलाई व्यवस्थित र सुसंगठित भएर आन्दोलनमा लाग्न आग्रह गरे।

