२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • संघीय संसद् र प्रदेशसभाका पदाधिकारीहरूको संयुक्त...

संघीय संसद् र प्रदेशसभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दै

संघीय संसद् र प्रदेशसभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दै

शुक्रवार, कार्तिक २१ २०८२०९:३८
शुक्रवार, कार्तिक २१ २०८२०९:३८
  • images

    काठमाडौँ । आज (कात्तिक २१ गते) काठमाडौँमा संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दै छ।

    विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा आज बिहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठककक्षमा संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्ने भएको हो। 

    सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बैठकमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रदेशहरूका सभाममुख र उपसभामुख सहभागी हुनेछन्। बैठकमा चुनावलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend