२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • रास्वपाद्वारा समानुपातिक उम्मेदवारीका लागि आवेदन आह्वान,...

रास्वपाद्वारा समानुपातिक उम्मेदवारीका लागि आवेदन आह्वान, जेनजी र प्रवासी नेपालीलाई आरक्षण

रास्वपाद्वारा समानुपातिक उम्मेदवारीका लागि आवेदन आह्वान, जेनजी र प्रवासी नेपालीलाई आरक्षण

सीएनएन खबर
आइतवार, कार्तिक २३ २०८२१२:१९
सीएनएन खबर
आइतवार, कार्तिक २३ २०८२१२:१९
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवारको आवेदन आह्वान गरेको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार सह–महामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोटको रुपरेखाका आधारमा यो आवेदन आह्वान गरिएको हो।

    रास्वपाले उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि केही सर्त तथा मापदण्ड तोकेको छ। उम्मेदवारले सार्वजनिक पदको दुरुपयोग नगरेको, वैवाहिक अवस्था वैध रहेको, जात–लिंगका आधारमा अपमान वा कमजोर वर्गमाथि शोषण नगरेको र आम्दानी पारदर्शी भएको स्वघोषणा गर्नुपर्नेछ।

    पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विधिसम्मत बनाउन अडिट समिति गठन गर्ने जनाएको छ।

    रास्वपाले संविधानले तोकेको जातीय क्लस्टरका साथै प्रादेशिक जनसांख्यिक अनुपात र २०७९ सालको आम निर्वाचनमा प्राप्त समानुपातिक मतको आधारमा ११० सदस्यीय बन्दसूचीको खाका तयार पारेको छ। यसले प्रदेशगत समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने दाबी पार्टीले गरेको छ।

    त्यस्तै, नयाँ पुस्ता “जेनजी” को प्रतिनिधित्व सुनिश्चित गर्दै ४० वर्ष मुनिका युवाका लागि जनसंख्याअनुसार २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ। साथै, विदेशमा बसोबास गर्दै आएका र स्वदेश फर्किएका प्रवासी नेपालीका लागि १० प्रतिशत आरक्षणको व्यवस्था गरिएको पार्टी प्रवक्ता झाले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend