२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • दरबारमार्ग जग्गा प्रकरणः पूर्वसहसचिव कार्कीलाई थप...

दरबारमार्ग जग्गा प्रकरणः पूर्वसहसचिव कार्कीलाई थप ८ दिन हिरासतमा राख्न अनुमति

दरबारमार्ग जग्गा प्रकरणः पूर्वसहसचिव कार्कीलाई थप ८ दिन हिरासतमा राख्न अनुमति

आइतवार, कार्तिक २३ २०८२०५:२८
आइतवार, कार्तिक २३ २०८२०५:२८
  • images

    काठमाडौँ । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    जिल्ला अदालत काठमाडौंले आइतबार उनीविरुद्ध थप अनुसन्धानका लागि ८ दिन अनुमति दिएको हो ।

    ६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन् । प्रहरीका अनुसार, उनी चितवनको भरतपुर महानगरपालिका–१५ मा बसोबास गर्दै आएका छन् ।

    उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मनोज केसीले जानकारी दिए ।

    संस्थालाई नोक्सानी हुनेगरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

    नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend