२०८३, आश्विन २३ गते

images
  • समाचार
  • निमित्त प्रमुख प्रशासकित अधिकृत सहित ८...

निमित्त प्रमुख प्रशासकित अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्धा

निमित्त प्रमुख प्रशासकित अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्धा

सोमवार, कार्तिक २४ २०८२०३:०६
सोमवार, कार्तिक २४ २०८२०३:०६
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगका अनुसार मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पोखरेलसँगै इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र एमआईएस अपरेटर हरिचन्द्र बिष्टलाई समेत प्रतिवादी बनाइएको छ।

    त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिको खरिद प्रक्रिया मूल्यांकनमा संलग्न बोलपत्र मूल्यांकन समितिका सदस्य ९एनसीसीएसपीपरियोजनाका इन्जिनियर० शिशिर कुमार गुरुङ, दिव्या निर्माण सेवा प्रालि, दुनै र सो निर्माण सेवाका भीमराज न्यौपानेसमेत मुद्दाका प्रतिवादी बनाइएको छ।

    आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनीहरूविरुद्ध ५५ लाख ८९ हजार ६३ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

    आयोगको अनुसन्धानबाट २०७८र७९ आर्थिक वर्षमा खदाङ–ल्हाँ सडक स्तरोन्नतिको ठेक्का प्रक्रियामा औपचारिकता मात्र पूरा गरी मिलेमतोमा दिव्या निर्माण सेवा प्रालिलाई काम दिइ भुक्तानीमा आर्थिक अनियमितता गरिएको आयोगको ठहर छ ।

    मोटरबाटो निर्माणका नाममा गैरकानुनी लाभ लिई संस्थालाई समान मूल्य बराबरको हानी पुर्‍याएको निष्कर्षमा पुगेको अख्तियारले आरोपपत्रमार्फत पोखरेलसहितका प्रतिवादीहरूलाई सजाय तथा सोही रकम बराबरको विगो असुल गर्न माग गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend