२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • रामकुमारी र किसान श्रेष्ठसहितका नेताहरु पुनः...

रामकुमारी र किसान श्रेष्ठसहितका नेताहरु पुनः एमालेमै फर्किए

रामकुमारी र किसान श्रेष्ठसहितका नेताहरु पुनः एमालेमै फर्किए

सोमवार, कार्तिक २४ २०८२०४:३४
सोमवार, कार्तिक २४ २०८२०४:३४
  • images

    काठमाडौं ।  नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका दर्जनौँ नेता कार्यकर्ता पुनः एमालेमा समाहित भएका छन्। राष्ट्रियसभा गृहमा आयोजित विशेष कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डासहित खादामाला लगाएर स्वागत गरे ।

    सो क्रममा उनीहरूले पार्टी अध्यक्ष ओलीलाई सांकेतिक रुपमा कलम हस्तान्तरण गरेका थिए । कमल एकीकृत समाजवादीको चुनाव चिन्ह थियो । अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले छाडेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेका थिए। २०७८ भदौमा एमाले विभाजन गरेर माधव नेपाल नेतृत्वमा नेकपा एस दर्ता गरिएको थियो ।

    नेकपा एसका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रसहित दलहरूसँग एकता गर्ने निर्णय गरेपछि झाँक्रीसहितका नेताहरू एमालेमै फर्किएका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend