काठमाडौँ । विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमाएमएडब्लु वृिद्धले आगामीशनिबारदेखि चार दिनलामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ । यस कार्यक्रमा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउनेछन् । यी ब्रान्डहरू हाल नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री इभि ब्रान्डहरूका रूपमा स्थापित भइरहेका छन् ।
कार्यक्रमले आगन्तुकहरूलाई नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तन अनुभवगर्न पाउनेछन् । साथै, रोबोटहरूसँग अन्तक्र्रिया गर्नेअवसर पनि रहनेछ, जसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूतिदिलाउनेछ । यस कार्यक्रममा हालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चित भएका दिपालएस ०५ र नामीभिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ ।
स्लिम डिजाइन, आधुनिक फिचरहरू र दिगो गतिशीलताको संयोजनका साथयी सवारी साधनहरूले नेपाली ग्राहकबीच छोटो समयमा नै उच्च लोकप्रियता कमाएका छन्। यी गाडीहरूले उत्कृष्ट रेंज, प्रविधि र ड्राइभिङ अनुभवप्रदान गर्छन्।
कार्यक्रमको अवसरमा एमएडब्लु वृिद्धले विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउनेछ, जसमा पुराना गाडी साट्न चाहने ग्राहककालागि आकर्षक एक्सचेञ्ज बोनस, विशेषनगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुककालागि उपहार रहेका छन् ।
यदि तपाईं इलेक्ट्रिक सवारी साधनमा रूपान्तरण गर्न सोच्दै हुनुहुन्छ वा केवल भविष्यको यातायात अनुभव गर्न चाहनुहुन्छ भने, बिर्तामोडस्थित नयाँदिपाल र नामी सोरुममा हुने एक्सचेञ्ज तथा टेस्ट ड्राइभ क्याम्पतपाईंका लागि उपयुक्त अवसर हुनेछ ।

