२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै एमालेले गर्‍यो...

प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै एमालेले गर्‍यो ७५३ वटै स्थानीय तहमा प्रदर्शन

प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै एमालेले गर्‍यो ७५३ वटै स्थानीय तहमा प्रदर्शन

मंगलवार, कार्तिक २५ २०८२१२:२९
मंगलवार, कार्तिक २५ २०८२१२:२९
  • images

    काठमाडौँ । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मुलुकका ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम सञ्चालन गरेको छ । 

    पालिकाहरुमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रदर्शन गरी कोणसभा गर्ने एमालेको कार्यक्रम रहेको छ ।

    सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताए । 

    उनका अनुसार यही कात्तिक २२ गते देशका छ हजार ७४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन् । यही कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend