२०८३, आश्विन २३ गते

images

दरबारमार्ग जग्गा प्रकरणः पूर्वसचिव कार्की पक्राउ

दरबारमार्ग जग्गा प्रकरणः पूर्वसचिव कार्की पक्राउ

आइतवार, कार्तिक ३० २०८२०८:०२
आइतवार, कार्तिक ३० २०८२०८:०२
  • images

    काठमाडौँ । नेपाल प्रहरीले नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कार्कीलाई आइतबार साँझ पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिए ।

    दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि तत्कालीन सचिव लेखबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

    नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

    नेपाल ट्रष्टले सात वर्षअघि दरबारमार्गस्थित जग्गा थमसेर्कुलाई अनियमित रुपमा लिजमा दिने निर्णय गरेको थियो । त्यतिबेला नै ट्रष्टको निर्णयको चौतर्फ विरोध भएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend