२०८३, आश्विन २३ गते

images
  • समाचार
  • मतदाता नामावलीमा अनधिकृत व्यक्तिको कब्जामा भन्ने...

मतदाता नामावलीमा अनधिकृत व्यक्तिको कब्जामा भन्ने हल्लापछि आयोगले भन्योः सबै डाटा  र सूचना प्रणाली सुरक्षित छ

मतदाता नामावलीमा अनधिकृत व्यक्तिको कब्जामा भन्ने हल्लापछि आयोगले भन्योः सबै डाटा  र सूचना प्रणाली सुरक्षित छ

मंगलवार, मंसिर २ २०८२१०:२१
मंगलवार, मंसिर २ २०८२१०:२१
  • images

    काठमाडौँ । निर्वाचन आयोगले आफ्नो डाटामा अनधिकृतहरूलाई पहुँच नदिइएको र सूचना प्रणाली सुरक्षित राखिएको दाबी गरेको छ। मंगलबार विज्ञप्तिमार्फत् आयोगको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरू फेला पारेको भनी बाहिर आएको सूचनाको खण्डन गरेको छ।

    ‘यसबारे सामाजिक सञ्जालमा राखिएका र साझा गरिएका दाबीहरूप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन र मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ,’ आयोगले विज्ञप्तिमार्फत् भनेको छ, ‘नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिवद्ध रहेको छ।’

    यसका लागि आयोगसँग सम्बद्ध सूचना प्रविधिसम्बन्धी विज्ञहरूले सूचना प्रणालीको निरन्तर अनुगमन गर्ने, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गर्ने कार्य गरिरहेको पनि आयोगले बताएको छ।

    ‘सामाजिक सञ्जालहरूमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइलहरू आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि कानुनसम्मत रूपमा निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य सूचनाहरू हुन्। 

    यसमा नागरिकका संवेदनशील वा गोप्य विवरण समावेश भएका छैनन्। यस सम्बन्धमा प्रकाशन एवं प्रशारण भएका अप्रमाणित, भ्रामक तथा मिथ्या सूचना र सामग्रीहरूमा विश्वास नगर्नुहुन सबै सरोकारवालाहरूमा निर्वाचन आयोग अनुरोध गर्दछ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend